परिवर्तन ल्याउन सहिदको महत्वपूर्ण भूमिका छः राज्यमन्त्री श्रीपाली

अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले परिवर्तन ल्याउन सहिदको महत्वपूर्ण भूमिका रहेकाेले सहिदका सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । 

सन्धिखर्क नगरपालिकाको वडा नम्बर ९ अर्घामा आज ऐतिहासिक सहिद स्मृतिको उद्घाटन गर्दै मन्त्री श्रीपालीले यस्तो बताएकी हुन् । उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित सम्पूर्ण सहिदहरू प्रति सम्मान व्यक्त गर्दै सहिदहरूले देखाएको बाटोमा लामबद्ध भइ त्याग र प्रेरणालाइ राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्नुपर्ने बताइन् ।

मन्त्री श्रीपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन मार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने विश्वास व्यक्त गर्दै  नेपालको परिवर्तित आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदको ठुलो योगदानलाई कसैले मेट्न नसक्ने बताइन्र । सहिद सबैका साझा हुने बताउँदै मन्त्री श्रीपालीले विकास समृद्धिमा सबै एकजुट भई मुलुकको दिगो विकासका लागि सबै लाग्नुपर्ने बताइन् । 

कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, सन्धिखर्क नगरपालिकाका संस्थापक नगर उपप्रमुख ठाकुर कुमार बिक किशोर, लगायतका वक्ताले कार्यक्रममा मन्तव्य राख्दै वर्तमान व्यवस्था ल्याउन सहिदको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

निर्माणको जिम्मा हिमान्जय कन्स्ट्रक्सन प्रालिले लिएको इन्जिनियर बिरेन्द्र चौधरीले बताएका छन् । पर्यटन विभागले अर्घाखाँचीका विभिन्न ५ स्थानमा यस्ता कामलाई निरन्तरता दिएको उनले बताएका छन् । वडा न ९ का अध्यक्ष पदम बहादुर भुसालको अध्यक्षता, सचिव अनन्तमणि पोख्रेलको सञ्चालन, वडा सदस्य देवी खड्काको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनैतिक दल, समाजसेवी सहिद परिवार सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?