वार्षिकोत्सवका अवसरमा झोला र शैक्षिक सामाग्री वितरण

अर्घाखाँची । वार्षिकोत्सवका अवसरमा  झोला र शैक्षिक सामाग्री  वितरण स्मार्ट युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका मालारानी गाउँपालिका वडा नं २ अर्घाखाँचीका ७ वटा विद्यालयलाई  लक्षित गरि विद्यार्थीहरूलाई झोला तथा शैक्षिक   शैक्षिक सामाग्री वितरण गरेको छ। 

उक्त कार्यक्रममा स्मार्ट युवा क्लबका अध्यक्ष प्रदिप  गौतमको अध्यक्षता, मालारानी गाउपालिका उपाध्यक्ष दिपा पोख्रेलको प्रमुख आतिथ्यता, मालारानी गाउपालिका वडा नं २ का वडा अध्यक्ष योगेन्द्र नाथ भुसालको विशिष्ट आतिथ्यता, जनसेवा प्रा. वि का शिक्षक लक्ष्मण भुसाल, देउराली प्रा. वि का प्रधानध्यापक तुलसा  कुवँर, सरस्वती माता मा. वि का शिक्षक दुर्गा के सी, वीरेन्द्र मा. वि का प्रधानाध्यापक ईश्वरी प्रसाद खनाल, वीरेन्द्र शिक्षा क्याम्पस प्रमुख कमल पछाइ, वडा सदस्य ताेमलाल बन्जाडे, मिना कुवँर स्थानीय बुद्धिजीवी, समाजसेवीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्लब उपाध्यक्ष सन्ध्या नेपाली, कोषाध्यक्ष विनोद कुवँर क्षेत्री, सह कोषाध्यक्ष राजु नेपाली, सह सचिव गोमा नेपाली कार्यसमिति सदस्य कृष्ण भुसाल, सुनिता नेपाली, सिर्जना भुसाल, सीता भाट क्षेत्री, क्लब सल्लाहकार  खगिश्वर बञ्जाडे, साथै  स्थानीय बुद्धजीवी, समाजसेवी, वडाका अग्रज व्यक्तित्व लगायतको उपस्थिति रहेको  थियो ।  

कार्यक्रममा  बोल्दै मालारानी गाउपालिका  उपाध्यक्ष दिपा  पोख्रेलले  गाउपालिकाबाट हुने साथ र सहयोग सदैव रहने साथै पछिल्लो समय स्मार्ट युवा क्लब सक्रियताकाे हिसाबले पालिकाकै उत्कृष्ठ  रहेको  बताइन ।

वडामा रहेका क्लबहरूले यस्तै किसिमका विद्यार्थी  लक्षित कार्यक्रम गरे विद्यालय र विद्यार्थीलाई परीक्षाप्रतिको जागरुकता बढ्दै जाने साथै पढाइबाट विधार्थी काेहि वञ्चित नहाेस भन्ने उदेश्यले प्राेत्शाहन स्वरूव झाेला वितरण कार्यक्रम सञ्चालन गरेको अध्यक्ष प्रदिप गाैतमले  बताए ।

अर्घाखाँची जिल्ला  मालारानी  गाउपालिका  वडा नम्बर २  मा ३ वर्ष अगाडि स्थापना भएको स्मार्ट युवा क्लब स्थापना काल देखि नै थुप्रै रचनात्मक, सिर्जनात्मक, सांस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रममा नयाँ सदस्यहरूलाई प्रमाण पत्र र मायाको चिनो समेत  प्रदान गरिएको थियाे।

 सल्लाहकार  खगिश्वर बञ्जाडेकाे  स्वागत मन्तव्य, क्लब अध्यक्ष प्रदिप गौतमको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष मिलन  केसीकाे संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लब सचिव सन्तोष सुनारले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?