सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपकाे फाइनल नखेल्ने

काठमाण्डाै । नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले वाफ महिला च्याम्पियनशिपकाे फाइनल नखेल्ने भएकी छिन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेङ्गाम्पमा आबद्ध भण्डारीले भोलि जोर्डनसँग हुने फाइनल खेल नखेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

क्लबसँगको सम्झौताअनुसार सावित्राले फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिपा विन्डो तोकेको थियो । समूह चरण र सेमिफाइनल खेल विन्डो अन्तर्गत थियो । फाइनल खेल भने फिफा विन्डो बाहिरको हो ।

हिजो भएको सेमिफाइनल खेलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?