सन्धिखर्कमा एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

अर्घाखाँची । अर्घाखाँचीमा एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

शनिवार सन्धिखर्क नगरपालिका वडा नं.२ बेलबाटीका अर्घाखाँची आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन हुने भएको हो । सन्धिखर्क नगरपालिका र सुशील कोइराला स्मृति प्रतिष्ठान काठमाडौंको आयोजनामा हुने एक दिने निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले प्राविधिक सहयोग गर्ने भएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

अर्घाखाँची जिल्लाभरका बिरामीहरू शिविरमा आएर उपचार गर्न सक्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले १९ गते दिउँसो ३ बजेसम्म नाम दर्ता गर्न सक्ने पनि बताएका हुन । “शनिबार बिहान १० बजेदेखि शिविर सञ्चालन हुँदैछ, दिउँसो ३ बजेसम्म नाम दर्ता गर्नुपर्ने छ” उनले भने “शिविरमा १२ जना विशेषज्ञ डाक्टरहरू आउँदै हुनुहुन्छ ।”

शिविरमा जनरल मेडिकल, स्त्रीरोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसिक तथा नशा रोग, हार्ड जोर्नी तथा नशा, छाला तथा यौन रोग, नाक कान घाँटी रोग, आँखा रोग, दन्त रोग, मुटु रोग, ई.सि.जि, भिडियो एक्सरे, ल्याब सेवा, मुटुको जाँच लगायतका विशेषज्ञ सेवाहरू सञ्चालन हुनेछन् । शिविरमा फार्मेसी सेवा पनि दिइने छ ।

पैसा नभएर उपचार गर्न नसेका बिरामीहरूको आवश्यकतालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख श्रेष्ठले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रूद्रमणि भुसाल
लेखकको बारेमा

रूद्रमणि भुसाल

लामाे समयदेखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका भुसाल समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?