पश्चिमी वायु पुनः सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु पुनः सक्रिय हुँदा देशका विभिन्न भागमा वर्षाको सम्भावना छ। शुक्रबार साँझदेखि यो प्रणाली थप सक्रिय हुँदा वर्षाको सम्भावना बढेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुनेछ। मौसमविद् राजु प्रधानांगले बेलुकी पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्ने जानकारी दिए।

उनका अनुसार राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार बागमतीसहितका प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

मौसमविद् प्रधानांगका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रधानांगले बताए।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?