त्रिकोणात्मक टी-२० आई सिरिज : नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।

नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।

नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित  १०१ रनको शतकीय इनिङ खेलेका थिए ।

बिहीबार माइकल लेभिटले १३५ रनको सानदार शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो ।

रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ ।

नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्नसक्छ । ब्याटिङ बलियो बनाउन अनिल शाहलाई मौका दिंदा सन्दीप जोरालाई बाहिर गर्न सक्छ । जोरा नामिबियासँग ५ र नेदरल्यान्ड्ससँग ८ रनमा आउट भएका थिए ।

कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । आज पनि उनलाई मौका दिने देखिन्छ । उनीबाट आज नेपाल ठूलो इनिङ चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । नेदरल्यान्ड्सविरुद्ध खेलेको ३४ बलमा ६३ रनको इनिङले मनोबल झनै बढ्नेछ । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ ।

बलिङ नेपालको समस्या देखिएको छ । पावर प्लेमा करण केसी र सोमपाल कामीले राम्रो बलिङ गर्न आवश्यक देखिन्छ ।

उता नामिबियाका जेराल्ड इरास्मस पूर्णरुपमा फिट नहुँदा सुरुवाती दुई टी-२० आई खेल खेलेका थिएनन् । उनी फर्किएको खण्डमा नामिबिया थप मजबुत बन्नेछ । जेजे स्मित प्रमुख हतियार हुन् । ठूला सटको क्षमता राख्ने उनको विकेट समयमै लिन आवश्यक पर्दछ ।

नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक पर्दछ । आजको खेलमा जित बाहेक अन्य विकल्प छैन । नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्यान्ड्स फाइनल खेल्ने पक्का हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?