back to top
३१ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३१ असार २०८१, सोमवार
IPL 2024
spot_img

नाइट क्लबमा काम गर्ने युवतीमाथि होटलमा लगेर सामुहिक बलात्कार!

Workplace

काठमाडौँ । नाइट क्लबमा काम गर्ने एक युवतीमाथि दुई जनाले बलात्कार गरेको आरोप लागेको छ। बलात्कारका आरोपी सोही क्लबका स्टाफ बाेक्ने ट्याक्सी चालक र उनका चिनजानका व्यक्ति रहेको जनाइएको छ।

Workplace

प्रहरीले बलात्कारको आरोप लागेका ट्याक्सी चालक पदम तामाङलाई पक्राउ गरेको छ भने अर्का एकजना फरार रहेका छन्। पीडित युवतीले आफूलाई होटलमा लगेर बलात्कार गरिएको भनेर प्रहरीमा जाहेरी दिएकी छिन्।

दरबारमार्गस्थित एक क्लबमा काम गर्ने ती युवतीलाई गएको माघ २० गते काठमाडौँको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको बताइएको छ। घटना भने हालै सार्वजिनक भएको हो।

त्यसदिन ड्यूटी सकेर क्लबका ४ जना युवतीलाई घर छाड्न ट्याक्सी पठाइएको थियो। चालक तामाङले सबैलाई कोठामा छाडिदिएपछि नशामा लठ्ठिएकी एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोप छ। पीडित युवतीले बानेश्वर प्रहरीमा जाहेरी दिएकी छिन्।

उनी उठ्दा कपडा खोलिएको र होटलको कोठामा रहेको थाहा पाएपछि उनी प्रहरीमा पुगेकी बताइएको छ। पीडकले भने उनी आफैँ कोठामा जान नसक्ने देखिएपछि होटलमा लगिएको र सहमतिमा सम्बन्ध भएको बयान दिएको प्रहरी श्रोतको भनाइ छ।

आरोपीमाथि करणीविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?