अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा लक्ष्यभन्दा २ सय बढिले दादुरा– रुबेला विरुद्धको खोप लगाएका छन् ।
फागुन १३ गते देखि १८ गतेसम्म सञ्चालन भएको खोप अभियानमा १ हजार ४ सय ७३ जनाले खोप लगाएका पाणिनि गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रामप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पालिकाका बिभिन्न स्थानहरूमा खोप केन्द्र स्थापना गरी शुरु गरिएका याे अभियानमा पालिकाभरमा १ हजार २ सय ७३ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।
८ वटा वडा रहेकाे पाणिनिमा ४२ वटा खोपकेन्द्र स्थापना गरिएकाे थिए । जसअन्तरगत वडा नम्बर १ पणेनामा १ सय ९ जना, २ पाेखराथाेकमा २ सय १४ जना, ३ खिदिममा २ सय २० जना, ४ पटाैटिमा १ सय ८८ जनाले खाेप लगाएका छन् । त्यस्तै वडा नं. ५ मैदानमा १ सय ८४ जना, ६ धातिवाङ्गमा ८९ जना, ७ अड्गुरीमा २ सय २५ जना र वडा नं. ८ पालिमा २ सय ४४ जनाले खाेप लगाएकाे घिमिरेले समाचारपाेष्टलाइ जानकारी दिए ।
याे अभियानमा ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूमा खोप लगाइएको थियो ।