टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्ने‚ नामिबिया बाहिरियो

काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।

त्रिवि क्रिकेट मैदानमा आज (आइतवार) भएको समूह चरणको अन्तिम खेलमा वर्षा बाधक बन्दा नामिबिया र नेदरल्याण्ड्सको खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका हुन्।

अंक बाँड्दा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको ५ अंक भएको छ भने नामिबियाको ३ अंकमात्रै भयो। नेपालको ४ अंक रहेकाले नेपालले फाइनलमा स्थान सुरक्षित गर्दा नामिबिया प्रतियोगिताबाट बाहिरिएको छ।

टस हारेर पहिले ब्याटिङमा तानिएको नामिबियाले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ९८ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो। खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरहेका थिए।

वर्षा रोकिएर पुनः खेलाउने तयारी गरे पनि फेरि वर्षा शुरु भएपछि खेल रद्द भएको हो।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो। नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो।

आजको खेलबाट नामिबियाका बर्नार्ड मार्टिनस स्कल्जले राष्ट्रिय कीर्तिमान बनाएका छन्। नामिबियाका लागि सबैभन्दा धेरै टी–२० खेल्ने कीर्तिमान स्कल्जले आफ्नो नाममा लेखाएका हुन्। उनले सबैभन्दा धेरै ५३ टी–२० खेलेका हुन्।

नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल यही फागुन २२ गते मंगलवार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?