प्रिमियर लिगमा सिटीले युनाइटेडलाई ३–१ ले हरायाे

काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति घरेलु मैदानमा भएकाे खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हरायो ।

खेलको ८ औँ मिनेटमा मार्कस र्‍यासफाेर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल फोडेनले गोल गर्दै खेलमा बराबरी गरे । फेरि खेलकाे ८० औँ मिनेटमा उनले नै दोस्रो गोल गरेर टाेलीलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीकाे ३–१ काे जित सुनिश्चित गरे ।

याे जितसँगै तालिकाकाे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अङ्क भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अङ्क छ । युनाइटेड उति नै खेलमा ४४ अङ्कसहित छैटाैँ स्थानमा छ ।

यस्तै गए राति भएको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २–० गोलले हराएको छ । बर्नमाउथ २६ खेलमा ३१ अङ्कसहित १३ औँ र बर्नली २७ खेलमा १३ अङ्कसहित १९ औँ स्थानमा छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?