सातौँ पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको तयारी पूरा, भोली उद्घाटन हुने

अर्घाखाँची । सातौँ पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको तयारी पूरा भएको छ ।

पाणिनी पर्यटन समाजको आयोजनामा यही फागुन २४ देखि २८ गतेसम्म पाणिनी गाउँपालिका कुरुलेफांटमा हुन गइरहेको मेलाको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिए ।  

महोत्सवको बिहिवार (भोलि) उद्घाटन हुँदै छ । महोत्तरीको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सांसद रामजी प्रसाद घिमिरेले गर्ने कार्यक्रम रहेको छ । 

महोत्सवको पहिलो दिन उद्घाटन तथा विभिन्न झाँकी, लोक भजन, भलिबल प्रतियोगिताको उद्घाटन, स्थानीय कलाकारहरूको प्रस्तुती रहने अध्यक्ष सुनामले जानकारी दिए । उनका अनुसार २५ गतेबाट राष्ट्रिय कलाकारहरूको आगमन तथा प्रस्तुति रहने छ ।

पाणिनि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन वृद्धि गर्न एवं स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको मेलामा ३० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । 

महोत्सवको लागि प्रवेश शुल्क समेत तय गरिएको छ । साधारण तर्फ रु १०० विद्यार्थीहरूको लागि ७० रुपैयाँ तथा ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गहरूका लागि भने प्रवेश निशुल्क गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?