महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर नेपाल प्रहरीको सुरक्षा योजना सार्वजनिक

काठमाण्डौ । नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । भोलि पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको भिड हुने भएकाले सुरक्षा योजना लागू गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । सुरक्षा योजना फागुन २६ गतेसम्म लागू हुनेछ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन हुनेछ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत् निगरानी गरिने प्रहरीले जनाएको छ । त्यस्तै नेपाल प्रहरी अस्पतालबाट डाक्टर सहितको एम्बुलेन्स रहनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?