अर्घाखाँची । सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सवको उद्घाटन गरिएको छ ।
पाणिनी गाउपालिकाको कुरुल फाटमा संचालित मेलाको बिहिबार एक कार्यक्रमका बिछ उद्घाटन गरिएको हो । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद घिमिरेले पाणिनि गाउपालिका पर्यटकिय हिसाबले निकै महत्त्वपूर्ण स्थान रहेको बताए । नेपालकै लुम्बिनी पछिको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको भन्दै यसको आवश्यक प्रचार प्रसार र भौतिक संरचना निर्माण हुन नसकेको बताए ।
कार्यक्रम बोल्ने अन्य बक्ताहरुले मेलाको सफलताको कामना गर्दै पर्यटन प्रबर्द्धनमा पाणिनी पर्यटन समाजले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।
उद्घाटन समारोहमा जिल्ला समन्वय समिती, पालिकाका जनप्रतिनिधी, विभिन्न राजनैतिक दल, पत्रकार, नागरिक समाज तथा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।
महोत्सवमा भलिवाल खेलको उद्घाटन, लोक भजन प्रस्तुती, नृत्य प्रस्तुत समेत गरिएको थियो । शुक्रवार महाशिवरात्रीको दिन ज्योती मगर सहितका विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुतीसमेत रहने छ ।