नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य, आकाशले लिए ३ विकेट

काठमाडौं । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा घरेलु टोली हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनायो ।

बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपछि हङकङले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको हो । हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाए ।

हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन,  ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शूल्य रनमै आउट भए ।

नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।

त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग आज मैत्रीपूर्ण खेल खेलको हो ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ‘ए’ सँग बुधबार खेल्ने तालिका छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?