आत्मसन्तुष्टि नै सबैभन्दा ठुलो कुरा हो : ओम सेन्चुरी

गुल्मी जिल्लामा जन्मिएका गायक तथा सर्जक ओम सेन्चुरी आफ्नो अध्ययन सँगसँगै नेपाली गीत संगीतमा निरन्तर संघर्ष गरिरहेका छन्। स्नातक तहमा अध्ययन गर्दै गरेका सेन्चुरी सबै क्षेत्रमा उत्तिकै अब्बल देखिन्छन।नयाँ गीतमा आवाज भर्ने, नयाँ गीत सिर्जना गर्ने,लाइभ दोहोरी र मेला महोत्सवमा समेत धाउँदै आएको पाइन्छ ।ऊनी भन्छन् “नेपाली गीत संगीतमा निरन्तर कर्म गरिरहँदा सफल हुने दिन पनि सबैको आउन्छ धैर्यता राख्न सक्नुपर्छ ।” समाचार पोष्टको लागि गायक तथा सर्जक ओम सेन्चुरीसँग अभिनव चौहानले गरेको कुराकानी

१. कसरी यस क्षेत्रमा प्रवेश गर्नु भयो ?

२०७५/७६ सालको सेरोफेरोमा गुल्मी जिल्लामा सञ्चालित प्रतिभाको खोजी कार्यक्रममा सहभागी भइसकेपछि कार्यक्रमको टप ५ मा गएर हामी बाहिरियौं। त्यसपछि एकजना हाम्रो दिदी हुनुहुन्थ्यो। उहाँले मेरो शब्द संगीतको गीत निकै मन पराइ सकेपछि सोही गीत रेकर्ड गरेर औपचारिक रुपमा यस क्षेत्रमा प्रवेश गरेको थिए।

२. आजसम्म कति काम गर्नु भयो ?

मैले गीत गाउने र बनाउने गरेर लगभग दुई दर्जन जति गीतमा काम गरिसकेको छु । त्यसमध्ये अझै केही गीतहरु बजारमा आउने तयारीमा पनि छन् । त्यसको साथसाथै लाइभ दोहोरीहरुमा पनि काम गर्दै आएको छु । जे होस् नयाँ गीतको काम लाइभ दोहोरी र मेला महोत्सवमा प्रस्तुति राख्ने अवसर मिलेको छ।

३. गीत संगीत क्षेत्रमा निरन्तरता हुनको लागि महत्त्वपूर्ण कुरा के हो जस्तो लाग्छ ?

अहिलेको समयमा गीत संगीतमा निरन्तरता हुनका लागि पहिलो कुरा त आफूसँग क्षमता हुनुपर्छ । त्यसपछि गीत संगीतमा आम्दानीको पाटो पनि जोडिएको हुन्छ । त्यसैले गीत संगीतमा निरन्तरता हुनका लागि क्षमता सँगसँगै आर्थिक पाटो अनि लगनशीलता, मेहनत र संघर्ष पनि आवश्यक पर्छ ।

४. अहिले सबै क्षेत्रको अवस्था कम्जोर हुँदै गर्दा संगीत क्षेत्रको अवस्था कस्तो छ ?

अहिलेको समयमा बजारमा आर्थिक मन्दी लागि रहेको छ । मैले माथि भने जस्तै गीत संगीत पनि आर्थिक कुरासँग जोडिएको हुनाले त्यसको प्रभाव नपर्ने कुरा नै भएन । उदाहरणको रुपमा हामीले पछिल्लो समय बजारमा आएका भिडियोहरुलाई पनि लिन सक्छौँ । केही समय पहिले निकै खर्च गरेर भिडियो गर्ने चलन थियो । पछिल्लो समयमा त्यस्तो खालको भिडियोहरु त्यति देखिदैँन । लगानी गरिहाले पनि लगानी फिर्ता नहुने अवस्था छ । त्यसैले गीत संगीतमा आर्थिक मन्दीको असर हामीले सहजै रुपमा देख्न सक्छौं ।

५. यस क्षेत्रबाट तपाईंका लागि काम ठुलो हो कि पैसा ?

विशेषत: गीत संगीत भनेको मेरो लागि एउटा रुचिको विषय पनि हो । त्यसैले सबैभन्दा पहिलो मेरो रुचिको विषय हुनाले म गीत संगीतमा सधैंभर काम गरिरहन चाहन्छु । रुचिको विषय भएसँगै गीत गाएर मात्रै पनि भएन । गीत सँगसँगै जिन्दगी चलाउनको लागि आर्थिक पाटो पनि जोडिएको हुन्छ । त्यसैले गीत संगीतमा काम सँगसँगै पैसा पनि ठूलो हो । कहिलेकाहीँ पैसाका लागि काम गरिन्छ भने कहिले आत्मसन्तुष्टिका लागि पनि काम गरिन्छ । मैले दुबै कुरालाई बराबर हिसाबले हेर्दै आएको छु ।

६. अन्तिममा के भन्न चाहानु हुन्छ ?

नेपाली गीत संगीत र मेरो कामहरुलाई सधैं माया गरि दिनुहोला । मैले पनि निरन्तर यहीँ क्षेत्रमा कर्म गरिरहन पाउँ र निरन्तर कर्म गर्न वातावरण बनोस् । आफ्नो कुरा राख्ने यो अवसर दिनु भएकोमा तपाईं लगायत सम्पूर्ण टिम प्रति आभारी छु ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?