back to top
२० असोज २०८१, आइतवार
IPL 2024
IPL 2024
२० असोज २०८१, आइतवार
IPL 2024
spot_img

सहकारी बुझेकाहरूले मात्र सहकारी संस्थाहरूको नेतृत्व गर्नुपर्छ : मेयर श्रेष्ठ

Workplace

अर्घाखाँची । साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सहकारी उद्योग, बिक्री केन्द्र साथै सन्धिखर्क सेवा केन्द्रको एक विशेष कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । 

Workplace

नगर प्रमुख श्रेष्ठले देशभर सहकारीहरूको समस्या हुँदै गर्दापनि अर्घाखाँचीमा सहकारीमा गरेको बचत र लगानी सुनिश्चितता भएको भन्दै सहकारीका, मूल्य मान्यता, सिद्धान्त मर्म र बुझेकाहरूले मात्र सहकारी संस्थाहरूको नेतृत्व गर्नु पर्ने बताए । नगर प्रमुख श्रेष्ठ भने, ‘संचालकहरुको अनुहारबाट नै थाहा हुन्छ कि सहकारी कस्तो हो, हामीहरू सजग र सचेत हुने बेला आएको छ, सबैको स्वास्थ्य बिग्रेको छ, मिसावट अखाद्य बस्तुको प्रयोग लेवलविहिन बस्तुको प्रयोग यस्तो कुराको नियमन, नियन्त्रण गरि स्वस्थ, सफा, सुपथ मूल्यमा, गुणस्तरीय सेवामा सहकारीले ध्यान दिनु पर्छ।’

जग्गा अभावका कारण लामो समयदेखि प्रयास गर्दा पनि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अहिले सम्म पनि मापदण्ड अनुसारको व्यवस्थित हाटबजार सञ्चालन गर्न नसकेकोले अव साथी सहकारीले सबै सहकारीहरुसंग समेत समन्वय गरि हाट बजार समेत सञ्चालन गनुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथी एवम् प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सरकारको तिन खम्बे अर्थ निती मध्ये सरकार, निजी क्षेत्र र सहकारीको एक अर्का बिच अन्तरसम्बन्ध रहेको बताए ।

उत्पादन भएका बस्तुहरूले बिक्री बितरण मात्र नभई उत्पादनको लागी पनि आवश्यक योजना बनाई आवश्यक वातावरण बनाउनु पर्ने भन्दै उपभोक्तालाई  भनिए अनुसारको बस्तु, गुणस्तर र मात्रा पुरा गरि बिक्री बितरण गर्नुपर्ने बताए । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको बिकृतीलाई अन्त्य गर्न लागी पनि उदाहरणीय काम गरेर देखाउनु पर्ने बताए ।

रैथाने पुराना खाध तथा अन्य सामाग्रीहरूको बिक्री बितरण गरि गुणस्तरीय सस्तो सुलभ र सहज सेवा प्रदान गर्नका लागी सहकारीले बिशेष योजनाका साथ अगाडी बढ्नुपर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए ।

केही ऋण तथा बचत सहकारी संस्थाका कारणले गर्दा सहकारीलाई हेर्ने दृष्ट्रिकोण बद्लिएकोले अब सवै सहकारी उत्पादन र रोजगारीको क्षेत्रमा लागानी गरी सवै शेयर सदस्यहरु उत्पादन कार्यमा जोडेर अगाडी बढ्नु पर्ने जिल्ला जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालले बताए ।

साथी सहकारी संस्थामा लामो समयदेखी नेतृत्व गर्दे आएका प्रकाश भुसालले १ करोड लगानी गरी उधोग र बिक्री केन्द्र संचालन गरेको भन्दै यस बिक्री केन्द्रलाई  जिल्लाको सहकारी बजारको रुपमा बिकास गर्ने उदेश्यका साथ अगाडी बढेको बताए ।

स्थानिय उत्पादन र सिप हस्तान्तरणका माध्यमबाट स्थानीय उत्पादनलाई बजारीकरण गरि शेयर सदस्यहरूलाई आत्मनिर्भर र उधमी बनाई सबै सहकारीका सदस्य तथा उपभोक्ताहरुलाई आर्थिक हिसावले समेत सवल र सक्षम बनाउन सहकारी मार्फत बिभिन्न कार्यक्रम अगाडी बढाएको स संस्थाका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए ।
साथी उधोग मार्फत शुद्ध तोरीको तेल, गहुको पिठो, कोदोको पिठो, स्थानीय शुद्ध मह, घ्यू, सातु, बेसार, टिमुर, खुर्सानी गुन्दुक, मकैको आटो,  साथै बिभिन्न प्रकारका दाल लगायतका बिभिन्न गुणस्तरीय बस्तुहरू शुलभ मुल्यमा बिक्री बितरण भईरहेको काजी श्रेष्ठले बताए ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दल सहकारी कर्मि राष्टसेवक कर्मचारी, पत्रकार, उधोगी व्यावसायिहरुको  आथित्यता र  सहकारीका शेयर सदस्यहरूको उपस्थित रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता सचिव धर्म भुसालको संचालनमा सम्पन्न भएको थियो ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?