गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन उडान हुने भएको छ ।
यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्ससँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए ।
अबदेखि प्रत्येक साेमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापका आधारमा थप उडानका लागि पनि पहल गरिने नगरपालिका प्रमुख पन्थीले जानकारी दिएका छन् ।