अर्घाखाँची : मतदातालाई त्रुटि सच्याउन एक हप्ताको समय

अर्घाखाँची । निर्वाचन कार्यालय अर्घाखाँचीले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन एक हप्ताको समय दिएको छ ।

फागुन २९ गतेदेखि चैत ५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भएको विरोधमा उजुरी दिने समय दिएको निर्वाचन कार्यालय अर्घाखाँचीका जिल्ला निर्वाचन अधिकारी मधुकृष्ण पौड्यालले बताए।

मतदाताले त्रुटि सच्याउनका लागि आयोगको अनलाइन एप्लिकेशन, निर्वाचन कार्यालय वा पालिकाका वडा कार्यालयमा निवेदन दिन सकिने पौड्यालले जानकारी दिए ।

त्यस्तै उक्त समय भित्रै कुनै व्यक्तिको एकभन्दा बढी स्थानमा नामावली समावेश भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिनुपर्ने छ।

यनिै सूचनाको आधारमा चैत ६ देखि ८ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, चैत ९ देखि १२ गतेसम्म नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानबिन गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने, नाम हटाउने लगायतका काम गर्ने छन्।

यसरी नाम हटाइएको सूचना चैत १२ देखि १५ गते भित्र निर्वाचन र वडा कार्यालयमा प्रकाशन गर्ने र फरक–फरक जिल्लामा दोहोरो नाम परेको निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोग पठाउने र चैत २२ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको पौड्यनलले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?