पाणिनी ५ मा १ दिने अपाङ्गता दलित, जनजाति महिला लक्षित अभिवृद्धि तालीम  सम्पन्न 

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँ पालिका वडा नं. ५ को आर्थिक सहयोग सृजनशील अपाङ्गता सरोकार केन्द्र अर्घाखाँचीको आयोजना मा १ दिने अपाङ्गता, दलित, जनजाति, महिला लक्षित क्षमता अभिवृद्धि संरक्षण तालिम सम्पन्न भएको छ!

तालिमको उद्घाटन गर्दै वडा सदस्य पार्वता सुनारले महिला, दलित, जनजाति तथा सबै क्षेत्रका लागी वडाले  ध्यान दिएर तालिमहरू सञ्चालन गरेकाले तालिममा सहभागीहरूले धेरै भन्दा धेरै सिक्नका लागी आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिका वडा ५ का अध्यक्ष इन्द्रमणि घिमिरेले ‘तालिम तालिमका लागी मात्र नभई सिकेको कुरा व्यवहारमा प्रयोग गर्न आग्रह गरेका छन् ।’ 

कार्यक्रममा वडा नं ५ का अध्यक्ष इन्द्रमणि घिमिरे ,वडा सचिव विमला भट्टराई ,वडा सदस्य पार्वता सुनार, वडा सदस्य धनसिंह सूर्यवंशी,  स्वास्थ्य इन्चार्ज जगदीश घिमिरेलगायत वडा र स्वास्थ्यका सम्पूर्ण  कर्मचारी, पत्रकारको उपस्थिति रहेको थियो ।

उक्त तालिमको  प्रशिक्षण जिल्ला अधिवक्ता पवित्रा भट्टराईले दिएकी थिइन । कार्यक्रम सृजनशील अपाङ्ग सरोकार केन्द्र अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डेको स्वागत मन्तव्य र कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?