बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र मोरङ फुटबल भिड्ने

काठमाडौं । धरानमा जारी २४ औँ बुढासुब्बा गोल्डकपको उपाधिका लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदैछ।

एकपटक उपाधि हात पारिसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको हो। यस्तै मोरङ फुटबल एसोसिएसन पहिलोपटक फाइनलमा पुगेको हो।

विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटी दोस्रोपटक उपाधि जित्ने  दाउमा छ। यो सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राकेश लामाले बताए।

चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको मोरङ पनि उपाधि जित्ने दाउमा छ। ‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभवी र कडा प्रतिस्पर्धीको रूपमा लिएको प्रतिक्रिया दिए।

धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रंशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद  १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार हात पार्नेछन्।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन  लिग विजेता चर्च ब्वाइज  क्लबसहित आठ टिमको सहभागी थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?