बजार तताउँदै रत्यौली गीत ‘बैमानी लाहुरेले लाँदैन’

अर्जुन भुसाल । नेपाली मनोरञ्जन दुनियाँमामा सिक्वललाइ सहज सफलताको सूचक मानिन्छ । नेपाली सिनेमामा सिक्वल बनाउने चलन निकै पुरानो हो । पहिलो सिनेमाले राम्रो कमाइ गर्‍यो भने त्यही नामले दोस्रो भाग बनाउने गरिन्छ । यो प्रचलन बिस्तारै नेपाली लोक तथा सुगम संगीतमा सरेको छ ।

पछिल्लो केही वर्षयता लोक तथा दोहोरी गीतमा पनि सिक्वल बन्ने गरेका छन् । नेपालको रत्यौली गीतको इतिहासमा सम्भवतः पहिलो पटक सिक्वल बनेको छ । एक साल पहिले रिलिज भएको मौलिक रत्यौली ‘च्याप्प पर्वते माया’को भाग दुई बजारमा आएको हो । पर्वते मायाको सफलताबाट हौसिएर सोही टीमका सदस्यहरू मिलेर बनाएको ‘बेइमानी लाहुरेले लाँदैन’ बजारमा आएको छ ।

च्याप्प पर्वते मायाका गायक प्रवेश पौडेलले शब्द र संगीत संकलन गरेको गीतमा पौडेलसँगै श्याम क्षेत्री, टिका सानु र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । याम थापा मगरले पहिलो पटक १४ वटा मादल प्रयोग गरेर संगीत भरेका छन् । दुर्गेश थापा, गरिमा शर्मा, रवि कार्की र गायिका सानुको अभिनय रहेको भिडियोको क्रोयोग्राफी तथा निर्देशन प्रविन थापाले गरेका हुन् ।

गीत तिलु शर्मा पौडेलको निर्माणमा तयार भएर उनको आफ्नै बाबा इन्टरटेन्मेट टिभी युट्युब च्यानलबाट रिलिज भएको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?