बजार तताउँदै रत्यौली गीत ‘बैमानी लाहुरेले लाँदैन’

अर्जुन भुसाल । नेपाली मनोरञ्जन दुनियाँमामा सिक्वललाइ सहज सफलताको सूचक मानिन्छ । नेपाली सिनेमामा सिक्वल बनाउने चलन निकै पुरानो हो । पहिलो सिनेमाले राम्रो कमाइ गर्‍यो भने त्यही नामले दोस्रो भाग बनाउने गरिन्छ । यो प्रचलन बिस्तारै नेपाली लोक तथा सुगम संगीतमा सरेको छ ।

पछिल्लो केही वर्षयता लोक तथा दोहोरी गीतमा पनि सिक्वल बन्ने गरेका छन् । नेपालको रत्यौली गीतको इतिहासमा सम्भवतः पहिलो पटक सिक्वल बनेको छ । एक साल पहिले रिलिज भएको मौलिक रत्यौली ‘च्याप्प पर्वते माया’को भाग दुई बजारमा आएको हो । पर्वते मायाको सफलताबाट हौसिएर सोही टीमका सदस्यहरू मिलेर बनाएको ‘बेइमानी लाहुरेले लाँदैन’ बजारमा आएको छ ।

च्याप्प पर्वते मायाका गायक प्रवेश पौडेलले शब्द र संगीत संकलन गरेको गीतमा पौडेलसँगै श्याम क्षेत्री, टिका सानु र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । याम थापा मगरले पहिलो पटक १४ वटा मादल प्रयोग गरेर संगीत भरेका छन् । दुर्गेश थापा, गरिमा शर्मा, रवि कार्की र गायिका सानुको अभिनय रहेको भिडियोको क्रोयोग्राफी तथा निर्देशन प्रविन थापाले गरेका हुन् ।

गीत तिलु शर्मा पौडेलको निर्माणमा तयार भएर उनको आफ्नै बाबा इन्टरटेन्मेट टिभी युट्युब च्यानलबाट रिलिज भएको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?