अर्घाखाँची । शितगंगा नगरपालिकामा माटाको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
आइतबार दिउँसत शितगंगा नगरपालिकाको वाड न .२ सितापुर सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु भएको हो । अर्कि एक महिला गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए ।
मृत्यु हुनेमा शितगंगा वडा नम्बर २ की ४० वर्षिय शारदा अधिकारी रहेको प्रहरिले जनाएको छ । संगै माटो खन्न गएकी ३५ वर्षिय राधा अधिकारी भने घाइते छिन् ।
घाइते राधालाई ठाडा प्राथमीक सवास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि भैरहवा रिफर गरिएको छ ।