लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा लिभरपुललाईअतिरिक्त समयको खेलमा ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १०औं मिनेटमा स्कट मकटोमिनेले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्य तिर नै युनाइटेडले दुई गोल खान पुग्यो।​

४४औं मिनेटमा डार्विन नुनेजको क्रसमा एलेक्सिस मक्यालिसटारले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाए।

त्यसपछि युनाइटेडका लागि खेलको ८७औं मिनेटमा एन्टोनीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेले।

१०५औं मिनेटमा हार्भि एलियटले बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर पोस्ट भित्र गएपछि लिभरपुल खेलमा पुनः अगाडि पुगेको थियो। तर ११२औं मिनेटमा युनाइटेडले पुनः बराबरी गर्यो। ​ मकटोमिनेको पासमा मार्कस र्यासफर्डले गोल गर्दै खेल बराबरीमा ल्याए।​उमान्ड डालोले खेलको १ सय २१ औं मिनेटमा युनाइटेडका लागि निर्णायक गोल गरे।

 गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीलाई  ४–२ ले पराजित गर्दै चेल्सीले अन्तिम चारमा स्थान बनायो। खेलको १३औं मिनेटमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो।

२६औं मिनेटमा चेल्सीले पेनाल्टी मार्फत अग्रता दोब्बर गर्ने मौका पायो। फकुवुले स्टर्लिङ माथि फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। तर स्टर्लिङले नै लिएको सो पेनाल्टी लेस्टर गोलरक्षक याकूब स्टोलारजिकले बचाए। पहिलो हाफको अन्त्यतिर भने स्टर्लिङले असिस्ट गरे। उनको पासमा कोल पालमरले चेल्सीको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा भने लेस्टर खेलमा फर्कियो। ५१औं मिनेटमा एलेक्स डिसासीको आत्मघाती गोल र ६२औं मिनेटमा स्टेफी मभिडिडीको गोलमा लेस्टरले खेलमा दुई गोल पछाडी रहेको अवस्थाबाट बराबरी गर्न सफल भयो।

तर खेलको ७३औं मिनेटमा लेस्टरका क्यालम डोएल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेस्टर १० जनामा सिमित भयो। त्यसको फाइदा उठाउँदै चेल्सीको खेलको अन्त्यतिर दुई गोल गर्दै जित हासिल गर्यो।

अब प्रतियोगिताको सेमिफाइनलमा म्यानचेस्टर सिटीले चेल्सी र युनाइटेडले कभेन्ट्रीको सामना गर्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?