लेटरप्याड, छाप र हस्ताक्षर चोरी किर्ते गरे : मेयर थापा

अर्घाखाँची । जिल्लाकाे भुमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेको आरोप लगाएका छन् ।

उनले नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरी चुनढुङ्गाको उत्खनन् अनुमती लिईएको आरोप लगाएका हुन् । सोमबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर थापाले भुमिकास्थान नगरपालिका वडा नम्बर ९, ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खनन्को लागि अनुमति दिएको भनि भूगर्भ बिभागमा पुगेको नगरको पत्र किर्ते रहेको बाताए । उनले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्दै मेयर थापाले यो गम्भिर अपराध भएकोले यस विरुद्ध कानुनी प्रकृयामा जाने जिकिर समेत गरे ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालीले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खनन्को अनुमती–पत्र पाएको थियो । मंसिर ५ गते नगरप्रमुख थापाको हस्ताक्षर सहितको पत्र विभागलाई गएको छ । सोही पत्रका आधारमा भूगर्भ बिभागले काम गर्न अनुमति दिएको थियो । तर, नगरप्रमुखले यसलाई किर्ते भएको अभिव्यक्ती दिएका छन् ।

मेयर थापाले भने “खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिश गरी पठाएको पत्रमा दर्ता÷चलानी नं. ५८५ छ । यता नगरपालिकाको दर्ता÷चलानी किताबमा ५८५ नम्बरमा संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पठाएको पत्र छ । त्यसैले यो किर्ते गरीएको हो । मैले खानी उत्खनन् गर्न अनुमती दिनेगरी पत्र पठाएको छैन । हाम्रो कार्यपालिकाको निर्णय पनि त्यो होईन ।”

यता विजया सिमेन्ट्स नवाफ अलीले आफुहरु पर्ख र हेरको स्थितीमा रहेको समाचारपोष्टलाई जानकारी दिए । “सत्य तथ्य बाहीर आउनुपर्छ ।” उनले भने, “हामी व्यवसायी हाैँ, लगानी गर्ने हो परामर्शमा छौँ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?