राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिनै एन्फा टोली बहराइनमा

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन गएका छन् ।

फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग भोलि चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू हिजो त्यसतर्फ गएका हुन् ।

बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन् ।  विष्ट खुमलटारका अध्यक्षसमेत हुन् । उदयपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री बहराइन गएका छन् ।

यसअघि चिकित्सक राजु डंगोल महर्जन र खेल पत्रकार गोविन्दराज नेपाल राखेपको स्वीकृति लिएरै बहराइन गइसकेका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?