back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीमा नयाँ शैक्षिक शत्रका पाठ्यपुस्तक बिक्रि वितरण सुरु

spot_img

अर्घाखाँची । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा अर्घाखाँचीमा नयाँ शैक्षिक शत्रका लागि सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्रि कार्य सुरु भइसकेको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीले २०८१ का लागि नयाँ पाठ्यपुस्तक बिक्रि कार्य सुरु गरेको हो । विगतका वर्षहरुमा कुनै व्यक्तिलाई महासंघले बिक्रि वितरणको जिम्मा दिइएकोमा यस वर्षदेखि महासंघमा आवद्ध व्यवसायीहरुले संयुक्त रुपमा डिपो संचालन गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीका अध्यक्ष प्रदिप भण्डारीले जानकारी दिए ।

उनका अनुसार समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यका साथ डिपो संचालन गरिएको हो । उनले जिल्लाका सबै विद्यालयहरुलाई आवश्यक पाठ्यपुस्तक डिपोमा समयमै टिपाउन आग्रह गरे ।

स्टेशनरी व्यवसायी विनोद गेरैलाई कार्बाही 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीले स्टेशनरी व्यवसायी विनोद गरैलाई संस्थाको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको छ ।

गैरेले संस्थाको निर्णय र व्यवसायीक मर्यादा विपरित गतिविधी गरेको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै महासंघले कार्बाही गरेको छ  । गैरे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीका कोषाध्यक्ष समेत थिए ।

यस अघि विद्यालयका पाठ्यपुस्तक समेत विनोद गैरेलाई महासंघले बिक्रि गर्ने जिम्मेवारी दिइएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?