back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

पाणिनी : जंगली जनावरबाट बाली जोगाउन स्थानीयलाइ भोटे कुकुर वितरण 

spot_img

अर्घाखाँची । पाणिनि गाउँपालिकाको वडा नम्बर २ ले जंगली जनावरको नियन्त्रण गर्न स्थानीयलाई भोटे कुकुर बितरण गरेको छ ।

वडा नं. २ को  आर्थिक वर्ष २०८०र०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी बितरण गरीएको हो ।

जंगली जनावरको बिट्ठयाँइले कृर्षकका अन्नबाली जोगाउन मुस्किल भएपछि वडा कार्यालयले शुद्ध नश्लका भोटे कुकुर वितरण गरेको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए। “अहिले ग्रामीण भेगमा बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरले किसानहरूलाई सताइरहेका छन् ।” वडाध्यक्ष पौडेलले भने “ रैथाने कुकुरलाई जंगली जनावरले  नटेर्ने र ति कम सक्रिय हुने हुदा, भोटे कुकुर आक्रमक र सकृय पनि हुने भएकोले जंगली जनावरको आतंक कम गर्न सकिने विश्वास लिएका छौ।”

वडा कार्यालयले वडामा ९ वटा भोटे कुकुर वितरण गरेको छ । वितरण गर्दा भौगोलिक बनावट, बसोवासको अवस्था तथा कृषी गर्ने स्थानको आधारमा वितरण गरीएको वडाध्यक्ष पौडेलले बताए । वितरण गरीएका कुकुर कास्कीमा हुर्कीएका शुद्ध नश्लका स्वस्थ भोटे कुकुर रहेको उनको भनाई छ ।

भोटे कुकुर पाए पछि बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरहरु नियन्त्रणमा सहयोग पुग्ने आशा लिएको स्थानीयले प्रतिकृया दिए । वडाले दिएका कुकुरहरुलाई राम्रोसंग हेरचाह गरी हुर्काउन र सहि तरीकाले परिचालन गर्न अध्यक्ष पौडेले स्थानीयलाई अनुरोध गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?