सांसद विनोद चौधरीमाथि अनुसन्धान भैरहेको भन्दै सभामुखलाई सीआईबीको पत्र

काठमाण्डौप्रतिनिधिसभा सदस्य विनोद चौधरीमाथि बाँसबारी छाला जुत्ता जग्गा हिनामिना प्रकरणमा  अनुसन्धान भइरहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

ब्युरोका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हिजो सभामुखलाई पठाएको पत्रमा काठमाण्डौ महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ ।

सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ, ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसदका सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।’

बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ । सीआईबीले यसअघि माघ १८ गते व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा सांसद चौधरीमाथि पनि छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?