पाणिनी : दोस्रो वडाअध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

अर्घाखाँची । पाणिनि गाउँपालिका वडा न. ७ अड्गुरीमा आयोजित दोस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिताका समुह चरणका खेलहरु आजबाट शुरु भएका छन् ।

आज शनिवार उद्धघाटन भएको खेलमा ९ समुहको सहभागिता रहेको  छ । गणतान्त्रिक सिर्जनशिल युवा क्लवको आयोजना र वडा न. ७ अड्गुरीको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा आज समुह चरणका ३ वटा खेलहरु सम्पन्न भएका छन् । बाँकि खेलहरु भोलि विहानबाट शुरु हुने आयोजकले बताएको छ । साथै भोलि प्रथम पालिका स्तरिय भलिवल प्रतियोगिता पनि हुने भएको छ । पालिका स्तरिय प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद र वडा स्तरमा प्रथम हुनेले नगद ७ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्धघाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले खेलकुदको विकासका लागि आफुले सक्दो प्रयास र सहयोग गर्न तयार रहेको भन्दै उक्त खेलमैदानको स्तरोन्तिका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिवद्धता ब्याक्त गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष गुनाखर अधिकारिले खेलकुदलाई आफ्नो बजेटमा प्रथमिकता दिदैँ आएकोमा यस आर्थिक वर्षमा पनि युवा खेलाडि उत्पादनमा थोरै भएपनि योगदान गर्न पाएकोमा खुशि भएको बताएका छन् । देशलाई चिनाउने खेलाडि स्थानिय खेलहरुबाट जन्मिने भन्दै त्यसका लागि आवश्यक सहयोगमा कमि हुन नदिने बताएका थिए ।

नेपालि कांग्रेस पाणिनिका सभापति तुल्सीराम पौडेलले खेलकुदलाई प्राथमिकता दिएकोमा वडा कार्यलयलाई धन्यवाद दिदै खेल  मैदानको स्तरोन्तीका लागि प्रदेशबाट उचित पहल गर्न आग्रह गरेका थिए ।

कार्यक्रम गणतान्त्रिक सिर्जनशिल युवा क्लवका अध्यक्ष सन्दिप पोख्रेलको अध्यक्षता सचिव अनिल न्यौपानेको संचालन र हिम्मत कार्किको स्वागत मन्तयबाट शुरु भएको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
माधव बेल्बासे
लेखकको बारेमा

माधव बेल्बासे

बेल्वासे पाणिनि न्युजका प्रधान-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?