पाणिनी : दोस्रो वडाअध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

अर्घाखाँची । पाणिनि गाउँपालिका वडा न. ७ अड्गुरीमा आयोजित दोस्रो वडा अध्यक्ष कप भलिवल प्रतियोगिताका समुह चरणका खेलहरु आजबाट शुरु भएका छन् ।

आज शनिवार उद्धघाटन भएको खेलमा ९ समुहको सहभागिता रहेको  छ । गणतान्त्रिक सिर्जनशिल युवा क्लवको आयोजना र वडा न. ७ अड्गुरीको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा आज समुह चरणका ३ वटा खेलहरु सम्पन्न भएका छन् । बाँकि खेलहरु भोलि विहानबाट शुरु हुने आयोजकले बताएको छ । साथै भोलि प्रथम पालिका स्तरिय भलिवल प्रतियोगिता पनि हुने भएको छ । पालिका स्तरिय प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद र वडा स्तरमा प्रथम हुनेले नगद ७ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्धघाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले खेलकुदको विकासका लागि आफुले सक्दो प्रयास र सहयोग गर्न तयार रहेको भन्दै उक्त खेलमैदानको स्तरोन्तिका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिवद्धता ब्याक्त गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष गुनाखर अधिकारिले खेलकुदलाई आफ्नो बजेटमा प्रथमिकता दिदैँ आएकोमा यस आर्थिक वर्षमा पनि युवा खेलाडि उत्पादनमा थोरै भएपनि योगदान गर्न पाएकोमा खुशि भएको बताएका छन् । देशलाई चिनाउने खेलाडि स्थानिय खेलहरुबाट जन्मिने भन्दै त्यसका लागि आवश्यक सहयोगमा कमि हुन नदिने बताएका थिए ।

नेपालि कांग्रेस पाणिनिका सभापति तुल्सीराम पौडेलले खेलकुदलाई प्राथमिकता दिएकोमा वडा कार्यलयलाई धन्यवाद दिदै खेल  मैदानको स्तरोन्तीका लागि प्रदेशबाट उचित पहल गर्न आग्रह गरेका थिए ।

कार्यक्रम गणतान्त्रिक सिर्जनशिल युवा क्लवका अध्यक्ष सन्दिप पोख्रेलको अध्यक्षता सचिव अनिल न्यौपानेको संचालन र हिम्मत कार्किको स्वागत मन्तयबाट शुरु भएको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
माधव बेल्बासे
लेखकको बारेमा

माधव बेल्बासे

बेल्वासे पाणिनि न्युजका प्रधान-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?