back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप, छुरा प्रहारबाट दुईजनाको मृत्यु

spot_img

काठमाडौं । ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो।

धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए।

घटना आइतबार राति १० बजेपछिको हो। एसपी​ सुवेदीका अनुसार राति ११ बजेतिर एकजनालाई सुमेरु र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। ‘रातिको घटना भएकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएका छौँ।’

फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?