ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप, छुरा प्रहारबाट दुईजनाको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो।

धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए।

घटना आइतबार राति १० बजेपछिको हो। एसपी​ सुवेदीका अनुसार राति ११ बजेतिर एकजनालाई सुमेरु र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। ‘रातिको घटना भएकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएका छौँ।’

फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?