back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

नेपाल र आयरल्याण्ड उल्भस् भिड्दै

spot_img

काठमाडौं । नेपाल र आयरल्यान्डस उल्भसबीचको दुई खेलको टी–ट्वेन्टी सिरिज आजदेखि सुरु हुँदै छ।

नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्न लागेको हो। त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो १ बजे शुरु हुने छ।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल कप्तान, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन्।

नेपाली टोलीले आयरल्याण्ड ए सँग भोलि अर्को खेल खेल्ने छ।  नेपालले आगामी टी–२० क्रिकेट विश्वकप र एसिया कप छनोटको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।  प्रिमियर कप सुरु हुन ३ साताभन्दा कम समय बाँकी रहँदा नेपालले आइरीस टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोली त्यसपछि भारत प्रस्थान गर्ने छ। टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्नेछ। मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणात्मक सिरिज हुने छ।

हङकङ भ्रमण गरेर स्वदेश फर्किएपछि एक साता आराम गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन दिनअघि आयरल्यान्ड्स उल्भसविरुद्धको सिरिजका लागि अभ्यास थालेको थियो। तर खराब मौसमका कारण टिमले योजनाअनुरुप प्रशिक्षण गर्न पाएन।

नेपालभन्दा बलियो टोली आयरल्यान्डको ए टिम पनि निकै मजबुत छ। १५ सदस्यीय आइरिस टोलीका कप्तान निल रकले सिनियर टोलीका लागि तीन ओडीआई र १९ टी–२० आई खेलिसकेका छन्।

उल्भसले नेपालको सिनियर टोलीसँगको सिरिजपछि नेपाल एसँग ३ खेलको टी–ट्वेन्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। यसै सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा दुई फरक टोली घोषणा गरेको छ।

नेपाल एले आयरल्यान्डसँग यही चैत १५, १६ र १८ गते टी–ट्वेन्टी सिरिज खेल्नेछ। त्यसैगरी चैत २१, २३ र २५ गते एक दिवसीय सिरिज खेल्नेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?