मन्त्रीलाई सघाउने गरी रास्वपाले तोक्यो चार संयोजक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य गणेश कार्की, सांसद गणेश पराजुली श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सांसद असिम शाह युवा तथा खेलकुद र सह प्रवक्ता प्रतिभा रावललाई गृह मन्त्रालयमा समन्वय गर्ने गरी संयोजक तोकिएको छ ।

‘मन्त्रीलाई सुझाव दिने र सघाउने गरी यो अवधारणा ल्याइएको हो,’ केन्द्रीय सदस्य पराजुलीले अनलाइनखबरसँग भने,‘मन्त्रालयलाई सहज हुने गरी सुझाव सल्लाह दिने कार्य हुन्छ ।’

प्रत्येक समन्वय समितिको सातामा बैठक बस्ने व्यवस्था गरिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए । प्रत्येक समन्वय समितिमा १२ जना हुने ढकालले बताए । सोमबार, मंगलबार, बुधबार र विहीबार बस्ने गरी समय निर्धारण गरिएको छ ।

सोमबार युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गर्ने समितिको बैठक बस्नेछ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गर्ने समितिको बैठक बस्ने कार्यतालिका बनाइएको छ । बुधबार श्रम र विहीबार गृह मन्त्रालयसँग समन्वय गर्ने समितिको बैठक बस्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?