महिला राजनीतिककर्मीको भूमिका

अर्घाखाँची । सामाजिक न्यायको सुदृढीकरणका लागि महिला राजनीतिककर्मीहरुको भूमिका विषयक कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।

नेपाल दलित उत्थान संघको आयोजना र एफइएस नेपालको सहयोगमा सम्पन्न भएको कार्यशालामा सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका दलित जनप्रतिनिधि, र महिला राजनीतिक कर्मीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले महिलाहरुलाई तीनै तहका सरकारमा सम्मानजनक उपस्थिति गराउन सबै निकाय लाग्नु पर्ने बताईन । राजनीतिक दलहरूले महिला आरक्षण सिटमा संवैधानिक बाध्यताका कारण टिकट दिएपनि खुला सिटमा टिकट दिन आनाकानी गरेको आरोप लगाईन ।

कार्यक्रमको उद्घाटन समारोहमा एफइएस नेपालका आवशीय प्रतिनिधि नटलिया फिगे, दलित अगुवा तथा युवा नेताहरु लिलबहादुर बिक, विष्णु परियार, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अधिवक्ताहरु पवित्रा राउत र सुस्मा गौतमले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम नेपाल दलित उत्थान संघका अध्यक्ष कमल विकको अध्यक्षता, सीता सिर्पालीको सञ्चालन र शिला विकको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

spot_img
[reaction_buttons_post]
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?