नेपालले एसीसी महिला एसिया कप २०२४ खेल्न पाउने

काठमाडौं । नेपालले एसीसी महिला एसिया कप २०२४ खेल्न पाउने भएको छ।  एसियाली क्रिकेट काउन्सिल (एसीसी) मंगलबार एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपालले पनि खेल्न पाउने भएको हो।

सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए । सन् २०१२ मा प्रत्येक दुईवर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी-२० संरचनामा पहिलो पटक महिला एसिया कप खेलाइएको थियो।

गत फागुनमा सम्पन्न एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग चार विकेटले हारेपछि नेपालले एसिया कप खेल्ने अवसर गुमाएको थियो। त्यो वेला एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान थियो, जसअनुरूप नेपाललाई हराएका मलेसिया र संयुक्त अरब इमिरेट्स एसिया कपमा चयन भएका थिए। नेपाल चयन नभई घर फर्केको थियो।

तर अहिले आईसीसीको नयाँ निर्णयपछि नेपालसहित थाइल्याण्डले पनि एसिया कप खेल्न पाउने भएको छ। नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो। यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो।

एसीसीले मंगलबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपाल कठिन समूह ‘ए’ मा छ। यो समूहमा उपाधि दाबेदार टिमहरू भारत र पाकिस्तानसँगै एसीसी महिला प्रिमियर कप विजेता युएई छन्।

उद्घाटनका दिन नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्नेछ। त्यसपछि जुलाई साउन ६ गते यूएईसँग र साउन ८ गते भारतसँग खेल्ने छ।

समूह बीमा बंगलादेश, श्रीलंक, मलेसिया र थाइल्याण्ड छन्। यी दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम फाइनलमा पुग्ने छन्।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?