काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।