back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

विराट गोल्डकप : उद्घाटन खेलमा आरटीएफसीले पुलिसलाई हरायो

spot_img

मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार साँझ भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम  विजयी भएको छ।

आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो।    भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियो।त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगायो। खेल शुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र ६३ औँ मिनेटमा किन्जाङ तेन्जिङले गोल गरे। खेलाडी तेन्जिङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजन विजेता चर्च ब्वाइज, विभागीय टोली त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यूरोड कर्नर टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ भिड्ने छन्। यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको आरटीसी फुटबल क्लब उपाधिका निम्ति प्रतिस्पर्धा गर्न विराटनगर आएका छन्।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच  लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आज त्रिभुवन आर्मी क्लब र  (एनआरटी) बीच हुनेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?