back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

राजस्थान रोयल्सको लगातार दोस्रो जित

spot_img

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ।  गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्स माथि १२ रनको जित दर्ता गरेको हो।

१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।  अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा आवेश खानले ४ रन मात्र दिएपछि दिल्लीले हार बेहोर्न पुग्यो।

दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए। यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेलेपछि हार टार्न सकेनन्। ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्शले २३ रन जोडे।

राजस्थानका लागि नान्द्रे बर्ग र युजभेन्द्र चहलले समान २-२ विकेट लिए भने आवेश खानले १ विकेट लिए।

त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले रियान परागको विष्फोटक इनिङको मद्दतमा ५ विकेट गुमाउँदै १८५ रन बनायो। परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए। उनी बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्। रविचन्द्रण अश्विनले २९ तथा ध्रुव जुरेलले २० रन बनाए।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरीक नोर्टजे, अक्सर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए।

आईपिएलमा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?