राजस्थान रोयल्सको लगातार दोस्रो जित

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ।  गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्स माथि १२ रनको जित दर्ता गरेको हो।

१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।  अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा आवेश खानले ४ रन मात्र दिएपछि दिल्लीले हार बेहोर्न पुग्यो।

दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए। यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेलेपछि हार टार्न सकेनन्। ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्शले २३ रन जोडे।

राजस्थानका लागि नान्द्रे बर्ग र युजभेन्द्र चहलले समान २-२ विकेट लिए भने आवेश खानले १ विकेट लिए।

त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले रियान परागको विष्फोटक इनिङको मद्दतमा ५ विकेट गुमाउँदै १८५ रन बनायो। परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए। उनी बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्। रविचन्द्रण अश्विनले २९ तथा ध्रुव जुरेलले २० रन बनाए।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरीक नोर्टजे, अक्सर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए।

आईपिएलमा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?