back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, आज पाँच प्रदेशमा पानी पर्ने

spot_img

काठमाडौं । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भागमा बदली छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार अनुसार राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?