‘ओलीजीले गठबन्धनको अफर गर्नुभएको छ, छलफल गरौँ भनेको छु’

बाबुरामजीले पनि एमालेसँग छुट्टै गठबन्धन बनाऔँ भन्नुभएको छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक चलिरहेको छ । आजका लागि बैठक सकिएको छ । भोलि १२ बजे पुनः बस्ने गरी सकेको छ । बैठक चलिरहेकै बेला रातोपाटीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छोटो कुराकानी गरेको छ ।


लोसपाले गठबन्धन कुन दलसँग गर्दैछ, अब जसपासँग लोसपाको सम्बन्ध कस्तो हुन्छ, एमालेसँग गठबन्धन हुन्छ कि हुँदैन जस्ता प्रश्न हामीले गरेका थियौँ । प्रस्तुत छ, लोसपाका अध्यक्ष ठाकुरसँग गरिएको छोटो कुराकानी:



कार्यकारिणी समितिको बैठकमा के कस्ता एजेण्डामा छलफल चलिरहेको छ ?



–पार्टी विधानको मस्यौदा पार्टीमा प्रस्तुत भएको छ । त्यो विधान मस्यौदामाथि छलफल चलिरहेको छ । केन्द्रीय समिति गठनलगायत अन्य पार्टीका अन्य सङ्गठन निर्माणमा पनि छलफल हुन्छ । त्यो पनि एजेण्डामा राखिएको छ । त्यसैगरी, अगामी चुनावमा कुन दलसँग कसरी सहकार्य (चुनावी गठबन्धन) गर्ने त्यस विषयमा पनि छलफल हुनेछ । अहिले त्यस विषयमा प्रवेश गरेको छैन एजेण्डाको रूपमा राखिएको छ । त्यस्तै, देशमा महँगी बढेको, किसानले मल नपाएको विषयमा पनि हामीले छलफल गर्नेछौं ।



अगामी चुनावका गठबन्धन बनाएर जाने निश्चित नै गर्नुभएको छ त्यसो भए कुन दलसँग लोसपाको गठबन्धन हुँदैछ त ?



–कुन दलसँग गर्ने अहिले केही तय भएको छैन । हामी अहिले छलफलकै क्रममा छौँ । अनौपचारिक रूपमा विभिन्न दलसँग छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्केको छैन । बैठक जारी छ, हेरौँ बैठकले के निष्कर्ष निकाल्छ ।



जसपाले पटक पटक एकता एवं गठबन्धनका लागि प्रस्ताव गरिरहेको छ नि त्यसको बारेमा केही सोच्नु भएको छ ?

–जसपाले बाहिर बाहिर गरेको प्रस्ताव हामीले पनि सुनेका छौँ । हामीसमक्ष त्यस्तो कुनै औपचारिक प्रस्ताव आइसकेको छैन । औपचारिक प्रस्ताव आए मात्र त्यसमा छलफल गर्न सकिन्छ अथवा केही भन्न सकिन्छ । बाहिर कसले के बोल्यो, के भन्यो, त्यो कुरा हामीलाई कसरी थाह हुन्छ ? पहिला औपचारिक प्रस्ताव आओस् न अनि कुरा गरौँला ।

जसपाबाट औपचारिक रूपमै एकताका लागि प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

–पहिला त प्रस्ताव आओस् न अनि त्यस बारेमा कुरा गरौँला । तर लोसपा एउटा कुरा के स्पष्ट पार्न चाहन्छ भने यसअघि मधेसवादी दलको बीचमा एकता गरेर प्राइटिकल गरिसक्यौ, मोर्चाबन्दी तथा गठबन्धन बनाएर पनि प्राइटिकल गरिसक्यौँ । सबै कुराको अनुभव लिइसकेका छौँ । त्यसैले अब मधेसवादी दलसँग फ्रेण्डली सम्बन्ध राखेर अगाडि बढ्न चाहेका छौँ । विगतमा पनि मधेसवादी दलहरूको बीचमा गठबन्धन हुँदा फाइदा भएको देखिएको थियो । सम्भव छ भने यसपटक पनि फ्रेण्डली सम्बन्ध बढाएर अगाडि बढौँ भन्ने लाइनमा लोसपा रहेको छ ।

फ्रेण्डली सम्बन्ध भनेको कस्तो सम्बन्ध ?

–फ्रेण्डली सम्बन्ध भनेको गठबन्धन जस्तै हो । जसमा एक अर्काको सहयोगमा अगाडि बढ्न पर्छ ।

जसपा विभाजनको अन्तिम बिन्दुमा पुगिसकेको छ अब तपाईंहरुको सम्बन्ध उपेन्द्र यादव पक्षसँग हुन्छ कि बाबुराम पक्षसँग हुन्छ ?

–हामी कसैको पक्ष वा विपक्षमा छैनौ । उहाँहरूको पार्टीमा अहिले के भइरहेको छ त्यो पनि थाह छैन । मधेस निकै सम्भावना भएको क्षेत्र हो तर आपसमा लडेर कमजोर भएको हो । मधेस केन्द्रित दलहरू एक आपसमा लडेर कमजोर भएको हो । यसमा अरू कसैको दोष छैन । अरू त चाहन्छन् नै कि यिनीहरूको बीचमा खटपट होस्, टुटफुट होस् र कमजोर होस् ताकि हामी त्यहाँ आफ्नो वर्चस्व कायम राखी रहौँ । मधेस आन्दोलनपछि मधेसवादी दलको अवस्था मधेसमा के थियो र अहिले के छ त्यहीबाट प्रस्ट हुन्छ । अहिले मधेसवादी दलहरूलाई राजमार्गभन्दा तल झार्दिएको छ । मधेसमै मधेसवादी दलहरू जिल्ला हुँदै गाउँगाउँमा सीमित हुन थालेको छ । यो मधेसवादी दलहरूको बीच आपसी मनमुटावले हो । मधेसवादी दलहरू आपसमा मिलेको भए यो अवस्था हुने थिएन । क्षेत्रीय पार्टीको पनि आफ्नै महत्व हुन्छ । त्यसको उदाहरण भारतको पश्चिम बंगाल, तमिलनाडुलाई हेर्न सकिन्छ । अहिले आम आदमी पार्टीको अवस्था पनि त्यस्तै छ । हाम्रो पार्टी पनि क्षेत्रीय पार्टी हो तर मधेसमै आफ्नो उपस्थिति बलियो देखाउन सकेको छैन । आपसमै लडेर कमजोर भएको छ । अहिले पनि केही विग्रेको छैन । सम्पूर्ण मधेसवादी दलहरू एक भयो भने अहिले पनि मधेसमा धेरै सम्भावना छ ।

बाबुराम भट्टराईले पनि एकताको लागि प्रस्ताव गरिएको पनि सुनिएको छ वास्तविकता के हो ?

–उहाँको प्रस्ताव पनि गठबन्धन बनाएर नै जाऊ भन्ने थियो । पहिलो प्रस्ताव त उहाँले पनि पाँच दलीय गठबन्धनमा सहभागी होऔँ नभए जसपा, एमाले, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी मिलाएर छुट्टै गठबन्धन बनाऔँ भन्ने थियो । एकताका लागि उहाँले केही भन्नुभएन ।

तपाईंको प्रतिक्रिया के थियो त ?

–हेरौँ, छलफल गरौँ भनेको छु ।

पछिल्लो समय लोसपा र एमालेबीच गठबन्धन हुँदैछ भन्ने चर्चा छ नि यसमा के भन्नुहुन्छ ?

–कुराकानी भइरहेको छ । प्रगति केही छैन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएर नै मसँग गठबन्धनको प्रस्ताव राख्नु भयो । मैले हो वा होइन केही भनेको छैन । छलफल गरौँ भनेको छु । त्यसपछि अरू केही कुरा अगाडि बढेको छैन ।

एमालेसँग गठबन्धनको सम्भावना कति छ त ?

–राजनीतिमा हरेक कुराको सम्भावना हुन्छ । यो हुन्छ त्यो हुँदैन भन्न सकिँदैन । हेरौँ सबै पक्षसँग कुराकानीहरू भइरहेको छ । पार्टीमा पनि छलफल चलिरहेको छ कहाँ गएर के कुरा मिल्छ, तपाईंहरुलाई जानकारी आइहाल्छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?