सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको आदेश गरेको छ ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले आफूलाई जरिबाना मात्र गरेकाले प्रतिनिधि सभामा सहभागी हुने अधिकार माग गर्दै गुरुङले दायर गरेको रिटमा सर्वोच्च अदालतले माग अनुसार आदेश गरेको हो । निलम्बनको पत्राचार बदरसँगै गुरुङलाई बैठकमा भाग लिन बाटो खुलेको छ ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतले जरिबाना तोकेका गुरुङको निलम्बन फुकुवाको आदेश गरेको हो । भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि मुद्दा लागेमा स्वतः निलम्बनको व्यवस्था छ तर जरिबाना ठहर भई मुद्दा विचाराधीन रहेको अवस्थामा गुरुङको निलम्बन फुकुवा भएको हो ।

सर्वोच्च अदालतको संयुक्त इजलासको आदेशमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७१ पुस ८ मा भएको निर्णय तथा सोका आधारमा गरिएका पत्राचार नेपालको संविधानको धारा २० (५), ८७, २४६ (३), सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा २, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (३), (४) को प्रयोग र व्याख्याको दृष्टिले त्रुटिपूर्ण रहेको देखियो ।”

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मनाङबाट निर्वाचित गुरुङ विशेष अदालतमा विचाराधीन मुद्दाका कारण अख्तियारको पत्राचारले निलम्बनमा रहेका थिए । गुरुङले शपथ लिए पनि कामकाजमा भाग लिन पाएका थिएनन् ।

उम्मेदवार हुँदा नै मुद्दा विचाराधीन रहेको उजुरी परे पनि त्यसलाई अयोग्यता मान्न नमिल्ने निर्वाचन अधिकृतको निर्णयले गुरुङले निर्वाचनमा भाग लिन पाएका थिए । निर्वाचित भइसकेपछि विशेष अदालतले गुरुङलाई भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा मतियारका रूपमा दोषी ठहर गरेको थियो । विशेषले गुरुङलाई एक करोड २१ लाख ८४ हजार ४०१ रुपियाँ जरिबाना र अख्तियारले दाबी गरेको बिगोसमेत असुल गर्न आदेश गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?