इण्डियन प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई हराएको छ ।

एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बैंगलुरु घरेलु मैदानमै कोलकातासँग ७ विकेटले पराजित भएको हो । बैंग्लुरुले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेटको क्षतिमा १९ बल अगावै सजिलै पछ्यायो ।
दुई खेलमा दोस्रो जीतसहित कोलकाता अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलमा दोस्रो हार बेहोरेको बैंगलुरु छैटौँ स्थानमा छ ।