back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

आयरल्यान्ड ‘ए’ विरुद्ध शृंखला : रोमाञ्चक खेलमा नेपालको ३ रनले सान्त्वना जित

spot_img
काठमाडौँ । टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ लाई ३ रनले पराजित गर्दै नेपाल ‘ए’ ले  ३ खेलको टी-२० शृंखलामा सान्त्वना जित पाएको छ। यसअघि भएका दुई खेलमा नेपाल ‘ए’ २१ रन र ४० रनले पराजित भएको थियो।

हिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले जितका लागि दिएको २१४ रनको लक्ष्य आयरल्यान्ड ‘ए’ ले ७ विकेटको क्षतिमा २१० रनमात्र बनाएर तेस्रो तथा अन्तिम खेलमा पराजित भयो।

Workplace

पाहुना टोलीका लागि गारेथ डेलानीले सर्वाधिक ६८ रन बनाए। उनले यसका लागि ३७ बलको सामना गरेर ५ छक्का र ५ चौका प्रहार गरे। पाहुना टोलीका लागि ​मोर्गन टपिङले धुवाँधार ६० रन‚ रस एडेयरले ३१ रन‚ फियोन ह्यान्डले २२ रन बनाए।

उसका ओपनर ब्याट्सम्यान जेम्स म्याक्‌कलमले ७ बलमा १ छक्का हान्दै ७ रन बनाएर आउट भए। उनलाई विपिन खत्रीको बलमा देव खनालले क्याच आउट गरे। उनी आउट हुँदा पाहुना टोलीको स्कोर ३ ओभर २ बलमा ४० रन थियो।

यही ओभरको पाँचौँ बलमा ३१ रन बनाएका अर्का ओपनर रस अडेयर पनि आउट भए। १४ बलमा १ छक्का र ५ चौका हानेका उनलाई पनि विपिनले पवन सराफको हातबाट क्याच गराए। यतिवेला आयरल्याण्डको स्कोर ४१ रन थियो।

७ बलमा २ रन बनाएका पिटर मूरका रुपमा पाहुना टोलीको तेस्रो विकेट खसेको थियो। कुल स्कोर ४८ रन हुँदा छैटौँ ओभरमा उनलाई पनि विपिन खत्रीको बलमा पवन सराफले नै क्याच गरे।

क्याप्टेन निल रक आउट हुँदा पाहुना टोलीको चौथो विकेट खसेको थियो। ८ बलमा २ रन बनाएका उनलाई नारायण जोशीको बलमा कमलसिह ऐरीले क्याच आउट गरे।

पाहुना टोलीको कुल स्कोर १८१ रन हुँदा उसको पाँचौँ विकेट खस्यो। ३७ बलमा धुवाँधार ६० रन बनाएका मोर्गन टपिङ आउट हुँदा उसकी पाँचौँ विकेट खसेको थियो। पाँचौँ विकेटका लागि टपिङले गारेथ डेलानीसँग १२९ रनको साझेदारी गरे। उनले आफ्नो पालीमा ४ छक्का र ४ चौका प्रहार गरे। उनी राशिद खानको बलमा पवन सराफबाट क्याच आउट भए।

६८ रन बनाएका गारेथ डेलानी आउट हुँदा पाहुना टोलीको छैटौँ विकेट खस्यो। १९औँ ओभरमा कुल स्कोर ५ विकेटमा १८३ रन हुँदा उनलाई कमलसिंह ऐरीले एलबिडब्ल्यूको धरापमा पारे।

यसपछि फियोन ह्यान्डले ७ बलमा २२ रन बनाए। उनले आफ्नो पारीमा १ छक्का र २ चौका प्रहार गरे। उनी रनआउट हुँदा पाहुना टोलीको सातौँ विकेट ढलेको थियो।

गेविन होएले अविजित ६ रन र लियाम म्याक्‌कार्थी शून्य रनमा अविजित रहे।

नेपालले पाहुना टोलीलाई अतिरिक्त १२ रन दिएको थियो।

नेपालका लागि विपिन खत्रीले ३ विकेट‚ कमलसिंह ऐरी‚ राशिद खान र नारायण जोशीले १/१ विकेट लिए।

कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक अविजित ९३ रन बनाए। उनले ४८ बल खेलेर ६ छक्का र ७ चौका हान्दै रन बनाए। आरिफ शेखले २९ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।

राशिद खानले २४ रन बनाए भने कमलसिंह ऐरीले ७ बलमा १ छक्का र २ चौका हान्दै अविजित १९ रन बनाए।

नेपालको ब्याटिङको ओपनिङ गरेका लोकेश बम ७ बलमा ८ रन र अर्का ओपनर देव खनाल ७ बलमा नै ६ रन बनाएर आउट भए।

नेपाल ‘ए’ ले कप्तान विनोद भण्डारीका रुपमा तेस्रो विकेट गुमाएको थियो। उनले ८ बलको सामना गरेर ११ रन बनाउँदै फियोन ह्यान्डको बलमा बोल्ड भए। यतिवेला नेपालको स्कोर ५ ओभरमा ३५ रन थियो।

बशिर अहमदका रुपमा नेपाल ‘ए’ को चौथो विकेट खस्यो। उनले २१ बल खेलेर ३ चौका हान्दै १९ रन बनाएर गेविन होएको एलबिडब्ल्यू धरापमा परे। उनी आउट हुँदा नेपालको स्कोर १० ओभर २ बलमा ८० रन थियो।

१५औँ ओभरमा पवन सराफका रुपमा नेपालको पाँचौँ विकेट खसेको १ बलपछि नै अर्का ब्याट्सम्यान नारायण जोशी पनि आउट भए। १ बलमा १ रन बनाएका नारायण रनआउट भए।

यतिवेला नेपालको स्कोर १५ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १२१ रन थियो।

१३ बलमा ३ छक्का हान्दै २४ रन बनाएका राशिद खानका आउट हुँदा नेपालको सातौँ विकेट खसेको थियो। १८औँ ओभरमा उनी आउट हुँदा नेपालको कुल स्कोर १६७ रन थियो।

नेपालले अतिरिक्त १९ रन पाएको थियो।

आयरल्याण्ड ‘ए’ का लागि फियोन ह्याण्डले २ विकेट‚ लियाम म्याककार्थी‚ म्याथ्यू फोस्टर‚ गारेथ डेलानी र गेविन होएले १/१ विकेट लिए।

अब दुवै देशबीच ३ खेलको एकदिवसीय शृंखला शुरु हुनेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?