छत्रदेव गाँउपालिकाको प्रशासनिक भवन अलपत्र,कार्यपालिका बैठकबाट सम्झौता तोड्ने तयारी

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनको २०७७ पौष ९ गते शिलान्यास भएको थियो । न्यायीक इजलाससहितको सुविधा सम्पन्न भवनको तत्कालीन गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गर्नुभएको थियो ।
वार्ड नम्वर ५ छत्रगञ्जमा निर्माणाधिन भवनको २०७७ असौज ३० गते ठेक्का सम्झौता भएको थियो । ५ करोड ३० लाख ४७ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौंले ठेक्का पाएको भएपनी भुसाल निर्माण सेवाले काम गर्दैआएको थियो ।
२०७९ साल जेठ २५ गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनी सम्झौता अबधि सकिएको एक बर्ष बितीसक्दा समेत निर्माणाधिन प्रशासकिय भवन अलपत्र रहेको छ ।
मुख्य भवनको तल्ला ढलान र बाहिरी वाल प्लास्टर सम्पन्न भएको भएपनी अन्य काम एकबर्ष देखि ठप्प छ । निर्माण कम्पनीका मालिकको चरम लापर्बाहीले समयमा काम सम्पन्न नभएपछि उक्त भवन अलपत्र परेको हो ।
ठेकेदार कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत काम अगाडी नबढाएको गाँउपालिका स्रोतले जनाएको छ । पालिकाले भवन निर्माणको लागी तेस्रोपटक २०८१ साल जेष्ठ मसान्त सम्म म्याद थप गरेको छ ।
यस अबधिमा समेत निर्माण कम्पनीका सञ्चालकलाई पटक पटक सम्पर्क गरीएको भएपनी सञ्चालक सम्पर्कमै नआएकोले आगामी कार्यपालिका बैठकबाट सम्झौता तोड्ने गरी छलफल अगाडी बढाइएको छ । निर्माण कार्यको ६५ प्रतिशत भौतिक प्रगती सम्पन्न भएकोमा ५० प्रतिशत भन्दा बढि रमक ठेकेदार कम्पनीले पालिकाबाट भुक्तानी लगीसकेको गाँउपालिकाका ईन्जिनियर साजन पाण्डेले जानकारी दिनुभयो । बजेट अभाबका बिषयमा बुझ्दा प्रशासनिक भवन निर्माण कार्यका लागी कहिलै पनी बजेट अभाव नभएको उहाले स्पस्ट पार्नुभयो ।
गाँउपालीकाले दैनिक प्रशासनिक काम निर्माणधीन भवन नजिकै सामान्य टिनको टहरो बाट सञ्चालन गर्दै आइरहेको छ । प्रयाप्त कोठा तथा भवनको अभावले एउदै कोठामा धेरै शाखाहरु सञ्चालन गर्नुपर्ने,फाइल हराउने जस्ता कारणले दैनिक कार्यसम्पादन गर्न समस्या भएको सूचनाअधिकारी बुद्घिराम न्यौपानेले बताउनुभयो ।
गाँउपालिकाले निर्माण थालेको १५ शैयाको आधारभुत अस्पताल निर्माणको समेत जिम्मा पाएको भुसाल निर्माण सेवाले डेढ बर्ष सम्म काम अगाडी नबढाएको भन्दै पालीकाले अन्य कम्पनीलाइ निर्माणको जिम्मा दिएको थियो ।
त्यसपछि अस्पतालको काम सुस्त गतीमा अगाडी बढेको भएपनी रकम अभाबको समस्या रहेको ईन्जिनियर पाण्डेले बताउनुभयो ।
अर्घाखाँचीमा भुसाल निर्माण सेवाले आधादर्जन भन्दा बढि आयोजनाको जिम्मा लिएको भएपनि अधिकांश आयोजना अलपत्र परेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?