back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

छत्रदेव गाँउपालिकाको प्रशासनिक भवन अलपत्र,कार्यपालिका बैठकबाट सम्झौता तोड्ने तयारी

spot_img

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनको २०७७ पौष ९ गते शिलान्यास भएको थियो । न्यायीक इजलाससहितको सुविधा सम्पन्न भवनको तत्कालीन गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गर्नुभएको थियो ।
वार्ड नम्वर ५ छत्रगञ्जमा निर्माणाधिन भवनको २०७७ असौज ३० गते ठेक्का सम्झौता भएको थियो । ५ करोड ३० लाख ४७ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौंले ठेक्का पाएको भएपनी भुसाल निर्माण सेवाले काम गर्दैआएको थियो ।
२०७९ साल जेठ २५ गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनी सम्झौता अबधि सकिएको एक बर्ष बितीसक्दा समेत निर्माणाधिन प्रशासकिय भवन अलपत्र रहेको छ ।
मुख्य भवनको तल्ला ढलान र बाहिरी वाल प्लास्टर सम्पन्न भएको भएपनी अन्य काम एकबर्ष देखि ठप्प छ । निर्माण कम्पनीका मालिकको चरम लापर्बाहीले समयमा काम सम्पन्न नभएपछि उक्त भवन अलपत्र परेको हो ।
ठेकेदार कम्पनीलाई पटक पटक ताकेता गर्दा समेत काम अगाडी नबढाएको गाँउपालिका स्रोतले जनाएको छ । पालिकाले भवन निर्माणको लागी तेस्रोपटक २०८१ साल जेष्ठ मसान्त सम्म म्याद थप गरेको छ ।
यस अबधिमा समेत निर्माण कम्पनीका सञ्चालकलाई पटक पटक सम्पर्क गरीएको भएपनी सञ्चालक सम्पर्कमै नआएकोले आगामी कार्यपालिका बैठकबाट सम्झौता तोड्ने गरी छलफल अगाडी बढाइएको छ । निर्माण कार्यको ६५ प्रतिशत भौतिक प्रगती सम्पन्न भएकोमा ५० प्रतिशत भन्दा बढि रमक ठेकेदार कम्पनीले पालिकाबाट भुक्तानी लगीसकेको गाँउपालिकाका ईन्जिनियर साजन पाण्डेले जानकारी दिनुभयो । बजेट अभाबका बिषयमा बुझ्दा प्रशासनिक भवन निर्माण कार्यका लागी कहिलै पनी बजेट अभाव नभएको उहाले स्पस्ट पार्नुभयो ।
गाँउपालीकाले दैनिक प्रशासनिक काम निर्माणधीन भवन नजिकै सामान्य टिनको टहरो बाट सञ्चालन गर्दै आइरहेको छ । प्रयाप्त कोठा तथा भवनको अभावले एउदै कोठामा धेरै शाखाहरु सञ्चालन गर्नुपर्ने,फाइल हराउने जस्ता कारणले दैनिक कार्यसम्पादन गर्न समस्या भएको सूचनाअधिकारी बुद्घिराम न्यौपानेले बताउनुभयो ।
गाँउपालिकाले निर्माण थालेको १५ शैयाको आधारभुत अस्पताल निर्माणको समेत जिम्मा पाएको भुसाल निर्माण सेवाले डेढ बर्ष सम्म काम अगाडी नबढाएको भन्दै पालीकाले अन्य कम्पनीलाइ निर्माणको जिम्मा दिएको थियो ।
त्यसपछि अस्पतालको काम सुस्त गतीमा अगाडी बढेको भएपनी रकम अभाबको समस्या रहेको ईन्जिनियर पाण्डेले बताउनुभयो ।
अर्घाखाँचीमा भुसाल निर्माण सेवाले आधादर्जन भन्दा बढि आयोजनाको जिम्मा लिएको भएपनि अधिकांश आयोजना अलपत्र परेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?