चैत्र २७ गते पहिलो पटक ज्योतिष दिवस औपचारिक रुपमा मनाइदै

काठमाडौँ ।       यस वर्षदेखि पहिलोपटक औपचारिक रुपमा जोतिषः दिवस मनाइने भएको छ । चैत्रशुल्क प्रतिपदा अर्थात चैत्र २७ गते मंगलबार देशव्यापीरुपमा ज्योतिष दिवस मनाउन लागिएको हो । आइतवार नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नेपाल पंचांग निर्णायक विकाश समिति,विश्व ज्योतिष महासंघ,राष्ट्रिय महिला ज्योतिष संघ,नेपाल संस्कृत विश्व विद्यालय वाल्मिकी विद्यापिठ,ज्योतिष विभाग,दक्षिण एशियाली ज्योतिष महासंघको सहयोगमा विभिन्न कार्यक्रम गरेर ज्योतिष विज्ञानको गरिमा र यथार्थ बारे व्यापक चर्चा चलाउँदै ज्योतिष दिवस मनाइने जानकारी गराएको छ ।

नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले वर्ष लग्नकै आधारमा फलादेश गरिने हुँदा लंकामा पहिलो पटक सूयोदय भै सृष्टी प्रारम्भ भएको दिन चैत्र शुल्क प्रतिपदाका दिनलाई ज्योतिष दिवसका रुपमा मनाउने निर्णय गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार चन्द्रमा गणनाको मान्यताका आधारमा चैत्र शुल्क प्रतिपदाका दिन जुन बार पर्छ त्यसलाई वर्षकै राजा मान्ने चलन भएकाले यस वर्ष मंगल गृहलाई राजा रहनेछन । नयाँ वर्ष अर्थात वैशाख १ गते सूर्य गणना अनुसार शनिवार परेको हुनाले यस वर्षको मंत्री ग्रह शनि पर्न गएको छ। दिवस तोकिएको दिन निमको पात खाने दिनका रुपमा मानिंदै आएको प्रसंग जोड्दै अधिकारीले वर्ष भरिका दुख,कष्ट,दुष्कर्मलाई तितोको प्रतिक मानेर सबै बिध्न बाधा र अनिष्ट हटेर जाऊन भन्ने मान्यताकै आधारमा प्रतीकात्मक रुपमा निमको पात चबाउने चलन रहेको बताउनुभयो। हरेक दृष्टिकोणबाट उपयुक्त दिन भएकाले यस वर्षदेखि सुरु गर्न लागिएको ज्योतिष दिवसले भविष्यमा थप मान्यता पाउँदै लोकप्रियता हासिल गर्ने उहाँको भनाइ थियो । नेपाल ज्योतिष परिषदका अध्यक्ष माधवराज पाण्डेले सृष्टीको आरम्भ भएकै दिनलाई पहिलो आधार मानेर दिवस तय भएको उल्लेख गर्नुभयो। वसन्त ऋतुको आगमन हुने दिन,ज्योतिषीय गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रुपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्व उच्च रहेको जानकारी गराउनुभयो। वाल्मिकी विद्यापीठ,ज्योतिष विभाग प्रमुख डा धनेश्वर नेपालले मानव कल्याणका लागि विभिन्न तथ्य तथा बिधि पत्ता लगाउने वैदिक कालभन्दा पनि पूरानो  विज्ञान भएकाले ज्योतिषलाई ज्ञानको चक्षु मानिने बताउनुभयो । विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल,दक्षिण एशियाली ज्योतिष महासंघ अन्तराष्ट्रिय समितिका सभापति तथा पन्चाङ्ग निर्णायक विकास समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले ज्योतिष शास्त्रको अपूर्व ज्ञानलाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न,विधागत महत्व र उपादेयतालाई जना समक्ष ल्याउन र अन्तराष्ट्रियकारण गर्न दिवसले महत्व राख्ने कुरामा जोड दिनुभयो । नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य शिवलाल पौडेलले परिषद्का विभिन्न प्रदेश एवम् जिल्ला समितिहरुले देशव्यापी रुपमा ज्योतिष दिवस विभिन्न कार्यक्रम गरि मनाउन लागेको जानकारी गराउनुभयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?