अर्घाखाँची । सरकारले भोलि चैत्र २९ सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र) का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनिएको छ, “…२०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”