कान्ति मावि बुटवलले मनायो २० औं धान दिवस (फाेटाेफिचर)

बुटवल । बुटवल ४ स्थित कान्ति माविले बुटवलको १६ नरेश्वर टोलमा विद्यालयका विद्यार्थी हरुको सहभागितामा २०औं धान दिवस सम्पन्न गरेको छ ।

विद्यालयले पठनपाठनका अतिरिक्त शिक्षालाई सिपसंग जोड्दै व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको विद्यालयका सह-प्रधानाध्यापक पूर्ण भ्रद उपाध्यायले बताए ।

कार्यक्रम विद्यालयका सह-प्राध्यानाध्यापक पूर्ण भ्रद उपाध्यायको अध्यक्षता , बुटवल उपमहानगर पालिका वडा नं १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा, लुम्बिनी प्रदेश कृषि मन्त्रालयका अधिकृत खगराज पौडेल, स्थानीय समाजसेवी चूडामणि पौडेल, नरेश्वर टोल विकास संस्थाका उपाध्यक्ष कोशि सापकोटा, उज्वल यूवा क्लवका सचिव पंकज शर्माको आतिथ्यतामा र विद्यालयका विद्यार्थी तथा स्थानीयबासीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिकाउन र कृषिलाई व्यवसायीकरण गराउने शिक्षा विद्यालय तहबाट गराउनु पर्ने कुरा कृषि अधिकृत पौडेलले बताए भने वडा न १६ का वडा अध्यक्षले विद्यालयलाई जून सुकै सहयोग कृषिको क्षेत्रमा गर्ने कुरा वताए व्यवाहारिक सिप र ज्ञानले विद्यार्थीको पठनपाठनमा प्रत्क्षय प्रभाव पुग्ने हुदा यस्ता कृयाकलापमा विद्यालय अगाडि रहेको अध्यक्ष पौडेलले बताए ।

विद्यालयका कक्षा ६ का संयोजक नारायण सुवेदीको स्वागत मन्तव्य र अतिरिक्त कृयाकलाप विभाग प्रमुख महेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयले प्रत्येक शुक्रबार सह तथा अतिरिक्त कृयाकलापलाई प्रथामिकता साथ सञ्चालन गर्दै आएको छ । याेसगै विद्यालयमा तहगत रुपमा चित्रकला प्रतियोगिता पनि सम्पन्न गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?