एसईईको नतिजा सार्वजनिक हुनासाथ रिजल्ट हेर्ने सरकारी वेबसाइट डाउन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भए लगतै नतिजा हेर्ने सरकारी साइट डाउन भएका छन् ।

विशेषगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा दश, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी र नेपाल टेलिकमको साइट डाउन भएका छन् ।

यसो त नतिजा सार्वजनिक भएपछि सबैभन्दा पहिले आईभीआर तथा एसएमएसबाट हेर्ने सुविधा दिएको हुन्छ । त्यसपछि मात्र ग्रेडसहितको नतिजा अनलाइनबाट हेर्न सकिन्छ ।

तर, नतिजा उपलब्ध गराउने डट जीओभी डट एनपी साइटहरू भने सुरुवातमै डाउन भएका छन् । एसईई रिजल्ट देखाउने नेपाल टेलिकमको वेबसाइट खोल्दा सेक्युरिटी वार्निङ सहित ‘योर कनेक्सन इन नट प्राइभेट’ भन्ने सन्देश देखिन्छ ।

रिजल्ट देखाउने अन्य केही वेबसाइटहरू पनि खुलेका छैनन् भने केही साइटले पेज लाइभ गरेपनि नतिजा छिट्टै उपलब्ध हुँदैछ भन्ने सूचना दिएका छन् ।

२२ हजार ४७५ जना विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए
एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने, यसरी हेर्नुहाेस् नतिजा

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
TechPana
लेखकको बारेमा

TechPana

टेकपाना सूचना प्रबिधिकाे भरपर्दाे अनलाइन हाे । 

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?