मोबाइल एपमा हेर्न पाइन्छ कि पाइँदैन पर्सि बुधवारदेखि सुरु हुने एसिया कपको लाइभ ?

काठमाडौं । एसिया कप २०२३ सुरु हुन अब दुई दिन मात्र बाँकी छ । पहिलो पटक हाइब्रिड मोडेलमा आयोजना हुने एसिया कपका चार म्याच पाकिस्तान र फाइनल सहित नौ म्याच श्रीलङ्कामा खेलाइनेछ ।

यही १३ भदौमा सुरु हुने प्रतियोगिताको पहिलो खेल पाकिस्तान र नेपालबीच हुनेछ । जसको फाइनल खेल ३१ भदौका लागि तय भएको छ । छ राष्ट्र सहभागी एसिया कपमा दुई समूहमा खेल खेलाइनेछ ।

जसअनुसार पाकिस्तान, नेपाल र भारत समूह ‘ए’मा र अफगानिस्तान, श्रीलङ्का र बङ्ग्लादेश समूह ‘बी’मा रहेका छन् ।

नेपालबाट कहाँ हेर्ने एसिया कप क्रिकेटको लाइभ ?

नेपाल र भारतमा स्टार स्पोर्ट्स नेटवर्कले टेलिभिजन मार्फत लाइभ देखाउनेछ । स्टार स्पोर्ट्सको च्यानल १ हिन्दी र अङ्ग्रेजी बाहेक एचडीमा समेत लाइभ हुनेछ ।

साथै भारतबाट डिज्नी प्लस हट स्टार एपमा पनि लाइभ हेर्न सकिने बताइएको छ, जुन निःशुल्क रूपमा उपलब्ध हुने बताइएको छ ।

तर यो एप नेपालमा भने प्रयोग गर्न सकिंदैन । कुनै स्थानीय एपले आधिकारिक रूपमा नेपालभित्र लाइभ देखाउने विषय अहिलेसम्म टुङ्गो समेत लागिसकेको छैन ।

नेपाली एप नेटटीभीले एसिया कपको लाइभ देखाउने प्रयास गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले बताए । यद्यपि भोलि मङ्गलवारसम्म मात्रै यसको यकिन हुने उनको भनाई छ । “यदि नेटटिभीमा एसिया कपको लाइभ देखाउने कुरा भयो भने प्रयोगकर्ताले निःशुल्क रूपमा नै हेर्न पाउनेछन्,” उनले भने ।

डिशहोम भने एपमार्फत एसिया कपको लाइभ देखाउने होडमा नरहेको बुझिएको छ ।  नेपालमा एसिया कपको टेलिभिजन लाइभ देखाउने अधिकार स्टार नेटवर्कमा छ । यस्तोमा एप मार्फत नेपालभित्र लाइभ देखाउन चाहने अन्य कम्पनीले स्टार नेटवर्कबाटै प्रसारण अधिकार लिनुपर्ने हुन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?