नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुलेको छ । प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान भएको हो ।

प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ ।

यसैगरी मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ ।

समाचार सम्पादक/बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ ।

दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ ।

दरखास्त फारम अनलाइनमार्फत भरेर, त्यसलाई प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

दरखास्त बुझाउँदा सबै पदका लागि नेपाल बैंक लिमिटेडको राजश्व शीर्षकमा एक हजार रुपैयाँ जम्मा गरेको सक्कल र एक थान प्रतिलिपि भौचर पनि बुझाउनु पर्ने छ ।

एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि २० प्रतिशतको दरले थप दस्तुर लाग्ने नेपाली सेनाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् नेपाली सेनाको सूचना-

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?