विदेश जानेलाई तीन दिनभित्र लाइसेन्स

काठमाण्डाै । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स पाउने भएका छन् ।

यस्ता नेपालीहरुले छिटो लाइसेन्स पाउन आउँदो १५ गतेदेखि applydinew.dptm.gov.np मार्फत् निवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुनेछ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने विभागले जनाएको छ ।

निवेदकले सवारी चालक अनुमति पत्रको लागि अनलाइन पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिइ विभागमा जानु पर्ने सूचनामा उल्लेख छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?